मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।