आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले ब्यूँताए

कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले ब्यूँताए

  • मिडिया डबली
  • बिहिवार, जेठ ५ २०७९

  • 4.6K
    SHARES

  • कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले ब्यूँताए

    काठमाडौं - यसपटक स्थानीय तहको निर्वाचनमा राप्रपा जबर्जस्त ढंगले अगाडि आएको छ ।

    कमल थापा अध्यक्ष हुँदा अघिल्लो निर्वाचनमा राप्रपाले बाँके उपमहानगरपालिका, झापाको हल्दीबार गाउँपालिका र धादिङको एक गाउँपालिका जित हात पारेको थियो ।

    देशभर जित्ने वडाध्यक्षाको संख्या निकै कम थियो । तर राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन आएपछि राप्रपाले काठमाडौंकै शंखरापुर नगरपालिका जितेको छ ।

    ६० भन्दा वडाध्यक्ष जितेको छ । त्यो पनि प्यानलसहित । मकवानपुरमै हेटौंडा उपमहानगरपालिकाको मेयरमा दीपक सिंह दोस्रो पोजिसनमा छन् ।

    झापाको दमक नगरपालिकामा राप्रपाका राम थापाले जित्ने सम्भावना बाँकी नै छ । यसपटक राजेन्द्र लिङ्देनले राप्रपामा युवालाई जुन मौका दिए त्यसले पनि राप्रपाको संगठन बलियो बनेको देखिएको छ ।

    यदि कमल थापाले राप्रपाका धेरै नेता कार्यकर्ता नलगेका भए राप्रपाले ठूला पार्टीलाई राम्रै चुनौती दिने देखिएको छ । किनभने राप्रपाले देशभर एक्लै चुनावमा उत्रिएको छ ।

    स्थानीय निर्वाचनमा राप्रपाले पाएको जुन सदभाव र माया छ यसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले चार–पाँचवटा प्रत्यक्ष सांसद र समानुपातिक सांसद १५ जना जति जित्ने अनुमान गरिएको छ ।

    जसले राप्रपा बलियो शक्तिका रूपमा उदाउने संकेत देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ७ २०७८०३:५२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend