आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एमसीसी देखाएर माओवादीबाट अलग हुने बहाना खोज्दै नारायणकाजी

एमसीसी देखाएर माओवादीबाट अलग हुने बहाना खोज्दै नारायणकाजी

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १६ २०७८

  • 8.4K
    SHARES

  • एमसीसी देखाएर माओवादीबाट अलग हुने बहाना खोज्दै नारायणकाजी

    काठमाडौं ।-अमेरिकी सहयोग परियोजना एमसीसीलाई देखाएर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोड्ने संकेत गरेका छन् ।

    आइतबार राति जब संसदबाट एमसीसी पास भयो उनले सामाजिक सञ्जालमा फलाक्न छाडेका छैनन् । धाराप्रवाह रूपमा एमसीसीको विरोध गरिरहेका छन् ।

    कतिसम्म भने श्रेष्ठले आफूनिकट नेता गिरिराजमणि पोखरेललाई पनि एमसीसी अनुमोदन गर्ने बेला पक्षमा हात उठाउनसमेत लगाएनन् ।

    पोखरेल मतदान प्रक्रियामा मौन बसे । पोखरेल श्रेष्ठकै आशीर्वादले धेरैपटक मन्त्री बन्ने माओवादी नेता हुन् । श्रेष्ठ आफैं पनि एमसीसी ल्याउने प्रक्रियामा सहभागी हुँदै आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पत्रकार सम्मेलनमार्फत प्रस्ट पारिसकेका छन् ।

    अहिले उनको विरोध पार्टी छाड्ने रिहर्सलका रूपमा आएको माओवादी नेताहरूले आशंका गरेका छन् । किनभने केही समयदेखि नारायणकाजी एमाले नेताहरूको नियमित सम्पर्कमा छन् ।

    आगामी चुनावअघि नै नारायणकाजी श्रेष्ठले माओवादी पार्टी छाडे आश्चर्य नहुने स्रोतहरूले बताएको छ । माओवादी पार्टीकै कारण सांसद, उपप्रधानमन्त्रीसम्म बनेका श्रेष्ठले पछिल्लो समय प्रचण्डसम्म ठूलै बार्गेनिङ गरेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend