काठमाडौं - सरकारमा पनि बस्ने अनि कार्यकर्तालाई सडकमा ओरालेर आगो लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हैसियत देखाइदिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै प्रचण्ड र माधवले सडकमा कार्यकर्ता ओरालेर प्रधानमन्त्री र अमेरिकाको विरोध गरेपछि थापाले यस्तो गाईजात्रा बन्द गर्न सल्लाह दिएका छन् ।
उनले स्वतन्त्र ढंगले एमसिसीको विरोध गर्न सरकार छाड्न चुनौती पनि दिएका छन् । उनले दुवै नेतालाई दोहोरो चरित्र बन्द गर्न पनि भनेका छन् ।
शुक्रबार ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् । सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।