काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर गठबन्धन दलमा रडाको मच्चिएको छ ।
हिजो केपी ओली सरकार ढालेर नयाँ गठबन्धन गर्ने दलहरूबीचमै वैमनश्यता उत्पन्न भएको छ । झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका कम्युनिस्ट नेता एमसीसी संसद्बाट अनुमादन गर्न दिन नहुने पक्षमा छन् ।
बरु गठबन्धन टुटे टुटोस् भन्ने पक्षमा उनीहरू छन् । एमसीसीलाई लिएर एमालेले गठबन्धन दलमा खेल्ने मौका पाएको छ । एमसीसीबारे आफू केही नबोल्ने तर गठबन्धन टुटाउने उसको रणनीथि सफल हुँदै गएको देखिएको छ ।
स्रोतका अनुसार अहिले एमाले नेताहरूसँग एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भित्रभित्रै गोप्य वार्ता भइरहेको छ ।
यदि एमसीसीलाई लिएर गठबन्धन टुटेमा फेरि एमालेसँग चुनावी तालमेल वा सहकार्य गर्न सकिने भन्दै दुवै नेताले प्रयास गरिरहेको बुझिएको छ ।
पछिल्लो केही दिनयता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने, बरु एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका थिए । उनको सो अभिव्यक्तिलाई लिएर गठबन्धनमा ठूलो बहस सुरु भएको छ ।
उता माओवादी केन्द्रका नेता श्रेष्ठले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घुँडा टेकाउने नीति लिएका छन् । पार्टीको पदाधिकारी चुनावमा आफूले भने जति नेतालाई पदाधिकारी नबनाए उनले विद्रोह हुने चेतावनीसमेत दिएको बुझिएको छ ।
सोही कारण केही दिनदेखि उनी एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् । उनको एमाले नेताहरूसँगको हिमचिमलाई लिएर खुमलटारसमेत असन्तुष्ट बनेको बुझिएको छ ।
श्रेष्ठलाई एमालेमा जहिल्यै पनि केपी ओली निकट भनेर लिने गरिन्छ । श्रेष्ठ कांग्रेसँग कठोर र ओलीसँग नरम नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।