कैलाली - एमाले नेता भीम रावललाई फेरि अर्को धक्का लागेको छ । आफूले समर्थन गरेको जिल्ला अध्यक्षका उम्मेदवार चार मतले हारेपछि उनलाई भाउन्न भएको छ ।
एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गर्दै थापा आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापालाई नेता लेखराज भट्ट र चन्दलाई भीम रावलको समर्थन थियो ।
थापाले २८७ र चन्दले २८३ मत पाए। एमाले सुदूरपश्चिममा रावल र भट्टबीच को बलियो भन्ने प्रतिस्पर्धा छ । रावलले प्रदेशमा आफू नै शक्तिशाली भएको दाबी गर्दै आएका छन् ।
तर, एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज भट्टलाई बनाएका छन् । यतिबेला भीम रावल पार्टीको कुनै पनि तहमा छैनन् । १०औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएयता उनी गुमनामझैं छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।