काठमाडौं - राप्रपा पूर्वअध्यक्ष कमल थापाले चुनाव हारेका र जनाधार नभएका नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले एकपक्षीय र पूर्वाग्रही रूपमा मनोनयन गरेको भन्दै भत्सर्ना गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दिनअघि दुई दर्जन बढीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । सोही मनोनयनप्रति नेता थापाले आपत्ति जनाएका हुन् ।
‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु। ३३प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ।
जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।