आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गगन र विश्वप्रकाश मिलेर जाने सहमतिले कांग्रेसमा खुसियाली, यस्तो रहेछ कारण

गगन र विश्वप्रकाश मिलेर जाने सहमतिले कांग्रेसमा खुसियाली, यस्तो रहेछ कारण

  • मिडिया डबली
  • मंगलवार, पौष १३ २०७८

  • 6.6K
    SHARES

  • गगन र विश्वप्रकाश मिलेर जाने सहमतिले कांग्रेसमा खुसियाली, यस्तो रहेछ कारण

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र आफू निर्वाचित भएलगत्तै विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका थिए– ‘‘महामन्त्रीमा दुईजना युवालाई निर्वाचित गरेर जे आकांक्षा देशले प्रकट गरेको छ, त्यसबमोजिम हामी दुईवटै युवाले देशले एउटा हल बाँधिएर जोडी बाँधिएर काम गरून् भन्ने अपेक्षा राखेको छ, त्यो अपेक्षा हामी पूरा गर्छौँ ।’

    उनको यो प्रतिक्रियाले देशभरका कांग्रेसीमा रक्तसञ्चार गराएको थियो । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकअघि तय गरिएको वरीयतामा थापा चौथो र पाँचौं नम्बरमा शर्मा छन् ।

    दुवै महामन्त्री भएकाले कसले बढी काम गर्ने होडबाजी सुरु हुने हो कि भन्ने कांग्रेस नेता कार्यकर्तामा चिन्ता थियो । नेपाली कांग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ ।

    विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा सहमत भएका छन् । त्यसमा मूलतः केन्द्रीय कार्यसमितिमा प्रस्ताव कसले पहिले प्रस्तुत गर्ने भन्ने चासो हुन्छ ।

    तर, दुवै नेताले आलोपालो गरेर अघि बढ्ने संकेत दिएका छन् । महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने कुरामा पनि सोही सहमति लागू हुने बुझिएको छ ।

    आगामी केन्द्रीय समिति बैठकबाटै यो सहमति सबैले देख्न सक्ने गरी आउने भएको छ । देशभरका कांग्रेसीजनको थापा र शर्मा मिलेर जाउन्, कांग्रेसलाई बलियो बनाउन् र आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन् भन्ने चाहना र अपेक्षा छ । अहिलेदेखि नै थापा र शर्माको अग्निपरीक्षा सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०७:१४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend