आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

अध्यक्षमा हारेका कमल थापाले राप्रपा कार्यालय नटेक्ने

अध्यक्षमा हारेका कमल थापाले राप्रपा कार्यालय नटेक्ने

  • मिडिया डबली
  • सोमवार, पौष १२ २०७८

  • 7.7K
    SHARES

  • अध्यक्षमा हारेका कमल थापाले राप्रपा कार्यालय नटेक्ने

    काठमाडौं - पराजयको पीडा कस्तो हुँदो रहेछ भन्ने उदाहरण कमल थापाले बनेका छन् । जब उनी राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भए, त्यसबेलादेखि नै उनी आक्रोशित भए ।

    हारको पीडा भुल्न सकेनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफू हार्नुको कारण देखाए । निर्मल निवासले आफूलाई हराएको सार्वजनिक अभिव्यक्ति दिए ।

    सामाजिक सञ्जालमा विषवमन गर्ने क्रम महाधिवेशन सकिएको एक सातासम्म जारी रह्यो । कतिसम्म भने उनी राप्रपाको केन्द्रीय कार्यालय नै गएनन् ।

    नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई भेटेर शुभकामनासमेत दिएनन् । महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरे । उनको यो अभियान अहिले पनि जारी छ ।

    राप्रपा उच्च स्रोतका अनुसार थापाले अबदेखि पार्टी कार्यालय नजाने मनस्थिति बनाएका छन् । उनले आफू निकट नेताहरूलाई यस्तो सन्देश सुनाएको राप्रपाका एक नेताले मिडियाडबलीलाई बताए ।

    ‘उहाँले केही समयका लागि पार्टी कार्यालय नटेक्ने प्रण गर्नुभएको छ, पछि के गर्नु हुन्छ थाहा छैन,’ ती नेताले भने । थापा राप्रपा अध्यक्षमा विजयी हुनेमा ढुक्क थिए ।

    तर, उनी साढे दुई सय मतअन्तरले लिङ्देनसँग पराजित भए । त्यसैले अबको चार वर्षसम्म थापाको राजनीतिक क्रियाशीलता निष्क्रिय हुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ७ २०७८०३:५२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend