काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा नेता वर्षमान पुन पक्षका सिन्धुपाल्चोकका नेता सरल सहयात्री विजयी भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार अर्थमन्त्री जनार्दश शर्मा पक्षका दिननाथ गौतमलाई ७६ मतले हराउँदै सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका छन् ।
माओवादीको प्रदेश सम्मेलनमा बागमतीमा पहिलोपटक चुनाव भएको हो । चुनावमा अर्थमन्त्री शर्मा पक्ष कमजोर देखिएको छ भने वर्षमान पुन पक्षले बाजी मारेको छ । माओवादीभित्र शर्मा र पुनका देशैभरि गुट रहेका छन् ।
सोमबार राति आएको अन्तिम मतपरिणाम अनुसार सहयात्रीले १६२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी गौतमले ८६ मत मात्रै ल्याएका छन् । सहयात्रीले झण्डै दोब्बर मतले जितेका छन् ।
प्रदेश उपाध्यक्षमा रूपा महर्जन, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र रामप्रसाद ढुंगाना विजयी भएका जनाइएको छ ।
सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ विजयी भएका छन् । उनी रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै निर्वाचित भएका छन् । थिङले १४९ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ७८ तथा डंगोलले १४ मत मात्रै पाएका छन् ।
प्रदेश सहसचिव पदमा दलबहादुर बुर्लाकोटी ‘विजय’, माधव लामिछाने ‘समीर’ र प्रकाश श्रेष्ठले जितेका छन् भने कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।
यसअघि पदाधिकारीमा सहमति हुन नसकेपछि २७५ सदस्यीय प्रदेश समिति बनाएर सम्मेलन सकिएको हो । प्रदेश समितिमा धेरैपटक छलफल भए पनि सर्वसम्मत हुन नसकेपछि आईतबार मतदान भएको थियो ।
यस्तो छ अन्तिम मतपरिणाम –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।