आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री बनेकोमा रामकुमारी झाँक्री खुसी, दिइन् बधाई

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री बनेकोमा रामकुमारी झाँक्री खुसी, दिइन् बधाई

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 7.6K
    SHARES

  • गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री बनेकोमा रामकुमारी झाँक्री खुसी, दिइन् बधाई

    काठमाडौं - नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएको खुसी व्यक्त गरेकी छन् ।

    थापा र शर्माको जित नेपाली राजनीतिमा पुस्तान्तरणका लागि जबर्जस्त दबाब भएको भन्दै यसले कांग्रेसका लागि ठूलो अवसर भएको पनि बताएकी छन् ।

    एकीकृत समाजवादीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीले थापा र शर्माको जित हामी सबैका लागि अवसर र चुनौती भएको उनको भनाइ छ ।

    उनले नेता थापा र शर्मालाई बधाई पनि दिएकी छन् । ‘हार्दिक बधाई मित्र गगनकुमार थापा र दाइ विश्वप्रकाश शर्मालाई । यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबर्जस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अवसर र चुनौती दुवै हो,’ झाँक्रीले भनेकी छन् ।

    नेपालमा गणतन्त्रको नारा लगाउनेमा गगन थापा र रामकुमारी झाँक्री अग्रपंक्तिमा पर्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०७:१४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend