काठमाडौं – अमेरिकी सहयोगको एमसीसी परियोजनालाई संसदबाट पारित गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् ।
शुक्रबार बिहान प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
भेटमा प्रचण्डले एमसीसीबारे सर्वदलीय छलफल गर्न र सदन अवरुद्ध खुलाउने लगायतका विषयमा छलफल गरेको जनाइएको छ ।
पछिल्लो समय नेकपा एमालेले संसद् अवरुद्ध गरेकाले एमसीसी अनुमोदन लगायत विषय प्रभावित भइरहेका छन् ।
बुधवारदेखि सुरू भएको संघीय संसद्को दशौं अधिवेशनमा समेत प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राख्दै आएको छ । दशौं अधिवेशनको पहिलो दिन मंगलवार एमालेले विरोधलाई निरन्तरता दिएपनि सरकारले २ हप्ताअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेश गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको एमालेले भदौ २३ गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।