मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काशीमा मोदी पैद्ल घुमेपछी ..

काशीमा मोदी पैद्ल घुमेपछी ..

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 3.8K
    SHARES

  • काशीमा मोदी पैद्ल घुमेपछी ..

    काठमाडौँ- प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अबेर राति आफ्नो संसदीय क्षेत्रमा पैदल हिडेर विकास कार्यहरू र शहरमा भएका परिवर्तनका अबलोकन गरेका छ्न ।

    दिनभरि नै काशी विश्वनाथ धाम लोकार्पण समारोह, गंगामा नौका विहार आदि कार्यक्रमहरूमा भाग लिएपछि अबेर राति प्रधानमन्त्री मोदी प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका साथमा रवीन्द्रपुरी कलोनी हुॅंदै गोदौलियासम्म पैदल हिडेका थिए ।

    सड़कहरूमा प्रधानमन्त्रीलाई पैदल हिडेको देखेर नागरिकहरू आश्चर्यचकित देखिए। उनीहरूले हर हर महादेवको उद्घोषका साथ उनको भव्य स्वागत गरे। जिल्ला प्रशासनका अधिकारीहरू पछाड़ी पछाड़ी हिडिरहेका थिए।

    प्रधानमन्त्री जब ड़ेढ़सीपुल छेउ पुगे, उनले अचानक वाराणसी परिषेत्रका आयुक्त दीपक अग्रवाललाई बोलाए। विकास कार्यहरूको जानकारी लिॅंदै प्रधानमन्त्रीले गोदौलियामा गंगाको जलस्तर कहॉंसम्म आइपुग्छ भनेर सोधपुछ गरे। आयुक्तले विस्तारपूर्वक अनि लगभग 20 मिनटसम्म बिबरण दिए। यस अवधि प्रधानमन्त्रीले गम्भीरतापूर्वक उनको कुरा सुनिरहे।

    यसै बीच एक दम्पतिलाई आफ्नो नानीसित देखेपछि प्रधानमन्त्री प्रोटोकल तोड़ेर उनीहरूकहॉं पुगे। प्रधानमन्त्रीले दम्पतिको हाल खबरबारे जानकारी लिए। यति राति घुम्दा डर लाग्दैन भनी मोदीले प्रश्न पनि गरे।

    राजस्थानबाट आएका दम्पतिले लाग्दैन भनी जवाफ दिए। प्रधानमन्त्रीले उनीहरूसॅंग केही समय कुराकानी गरे। त्यसपछि, उनी काशी पुराधिपतिको दरबारमा दर्शन पूजा गर्न पुगे। लगभग 20 मिनट पूजा गरेपछि उनले बाबा दरबारको लाइटिङ आदि अवलोकन गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ६ २०७७०५:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend