सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस महाधिवेशनस्थलमै सेवा गरेर देखाउँदै मोहन बस्नेत, ६४ क्रम संख्यामा मतदान गर्न आग्रह

कांग्रेस महाधिवेशनस्थलमै सेवा गरेर देखाउँदै मोहन बस्नेत, ६४ क्रम संख्यामा मतदान गर्न आग्रह

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 4.1K
    SHARES

  • कांग्रेस महाधिवेशनस्थलमै सेवा गरेर देखाउँदै मोहन बस्नेत, ६४ क्रम संख्यामा मतदान गर्न आग्रह

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार रहेका छन् ।

    खुलातर्फ ३५ जना निर्वाचित हुने केन्द्रीय सदस्य पदको मतपत्रमा क्रम संख्या ६४ रहेको छ । उम्मेदवार बस्नेतले ६४ नम्बरमा छाप लगाएर मतदान गरिदिन अनुरोध गरेका छन् ।

    राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित जारी महाधिवेशनस्थलमा आईतवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले आफूलाई ३५ जना खुलातर्फको केन्द्रीय सदस्यमा मतदान गर्न महाधिवेशन प्रतिनिधिसँग अनुरोध गरेका छन् । 

    महाधिवेशन प्रतिनिधिका लागि मास्क, स्यानिटाइजर, एन्टिजेन लगायतका सेवा दिइरहेका नेता बस्नेतले कांग्रेसका लागि काम गर्ने नेताहरुलाई मतदान गर्न अनुरोध गरेका हुन् ।

    यसअघि आपतविपतमा परेका सर्वसाधारणलाई बस्नेतले सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला बस्नेतकै पहलमा आइसोलेसन सेन्टर नै स्थापना गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend