सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसको चुनावमा उम्मेदवारीबारे प्रभावशाली नेता मोहनबहादुर बस्नेतको यस्तो घोषणा, कुन पदमा लड्दैछन् ?

कांग्रेसको चुनावमा उम्मेदवारीबारे प्रभावशाली नेता मोहनबहादुर बस्नेतको यस्तो घोषणा, कुन पदमा लड्दैछन् ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेसको चुनावमा उम्मेदवारीबारे प्रभावशाली नेता मोहनबहादुर बस्नेतको यस्तो घोषणा, कुन पदमा लड्दैछन् ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

    महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी छ । त्यसैले नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वएमन्त्री मोहनबहादुर बस्नेतले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । 

    कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री (खस–आर्य, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक–एकजना) गरी १३ जना पदाधिकारी निर्वाचित भएर आउने छन्। नेता बस्नेतले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् ।

    बस्नेत नेपाली कांग्रेसको खेलकुद विभा प्रमुख र महाधिवेशन आयोजकतर्फ स्वास्थ्य समितिका संयोजकसमेत हुन् । सिन्धुपाल्चोकमा बाढीपहिरो पीडित, भूकम्पीडित तथा कोरोना महामारीका बेला बस्नेतले राहत वितरणदेखि विकास निर्माणमा उल्लेख्य योगदान गर्दै आएका छन् । 

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य हस्ती मानिने बस्नेतकै कारण बाग्मती प्रदेशमा संस्थापन पक्षको पकड बलियो बनेको हो । यसपटक उनले पदाधिकारीमा आई कांग्रेसको संगठन सशक्त बनाउने उद्देश्यले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend