आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डका प्रेस संयोजकलाई मिल्यो ठूलो पद !

प्रचण्डका प्रेस संयोजकलाई मिल्यो ठूलो पद !

  • sobiztrend
  • आइतवार, मंसिर १९ २०७८

  • 3.3K
    SHARES

  • प्रचण्डका प्रेस संयोजकलाई मिल्यो ठूलो पद !

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक रहँदै आएका विष्णु सापकोटा ‘जगुल’ पत्रकारको संगठन प्रेस सेन्टर नेपालको अध्यक्ष बनेका छन् ।

    शनिबारदेखि प्रचण्डकै गृहजिल्ला चितवनमा भएको सेन्टरको चौथो महाधिवेशनले सापकोटालाई अध्यक्ष बनाएको छ । उनी सेन्टरका निवर्तमान महासचिव समेत हुन् ।

    सेन्टरको महाधिवेशनको बन्दसत्रबाट १८४ केन्द्रीय सदस्यको नाम घोषणा गरिएको छ । प्रेस सेन्टरको केन्द्रीय समिति १९९ जनाको हुनेछ तर बाँकी केन्द्रीय सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

    अध्यक्ष र केन्द्रीय सदस्यको नाम घोषणा गरिएपनि अन्य पदाधिकारीको टुंगो पछि लाग्ने जनाइएको छ । केन्द्रीय सदस्य मध्येबाटै पदाधिकारी चयन गरिनेछन् ।

    प्रेस सेन्टरको महाधिवेशनबाट संस्थापक नेताहरू महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलबहादुर भण्डारी, संगीता खड्का, बलराम थापालाई बिदा गरिएको छ ।

    संगठनको वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी पुन, ओपेन्द्र शर्मा र सन्तोष पौडेलको दाबी छ भने महासचिव पदमा मनोज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुव बुढाथोकी, दयानिधि भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले दाबी गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend