काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव घनश्याम भुसालले चुनाव लड्ने पदको घोषणा गरेका छन् ।
उपमहासचिव भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रवार साँझ चितवनबाटै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि भुसाल अध्यक्ष पदमा चुनाव लड्नसक्ने चर्चा रहेको थियो तर अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरेपछि भुसाल उपाध्यक्षमा लड्ने भएका हुन् ।
एमालेमा उपाध्यक्ष ४ जना हुन्छन् । जसमध्ये एक उपाध्यक्षमा भुसाल लड्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।