आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जसले एमाले बनाए, तिनै १०औं महाधिवेशनमा बेपत्ता

जसले एमाले बनाए, तिनै १०औं महाधिवेशनमा बेपत्ता

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 5.2K
    SHARES

  • जसले एमाले बनाए, तिनै १०औं महाधिवेशनमा बेपत्ता

    काठमाडौं - एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व मात्र चयन गर्नेछ ।

    यसअघि नै ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको नीति तय गरेकाले यो महाधिवेशनले नेतृत्वमात्र छनोट गर्नेछ । एमालेको यो कुम्भमेला विशुद्ध केपी ओलीलाई अध्यक्षमा ल्याउने प्रपञ्चबाहेक अरु केही नभएको महाधिवेशन प्रतिनिधि चयनले पुष्टि गर्छ ।

    किनकि २१ सय महाधिवेशन प्रतिनिधि ओलीको चाहनाअनुसार नै आएका छन् । एमालेको दशौैं महाधिवेशनमा केही यस्ता अनुहार महाधिवेशन प्रतिनिधिले मिस गर्नेछन् जसले एमालेलाई एमाले बनाए ।

    ती हुन् झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम । एमाले नेता कार्यकर्ताले आजका दिन माधव, झलनाथ र वामदेवलाई सबैभन्दा बढी मिस गर्ने निश्चित छ ।

    सोही कारण चितवनको नारायणी नदी किनारमा ओइरिएका अधिकांश एमाले कार्यकर्ताको अनुहार मलिन देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    एमालेले माधव र झलनाथ खनाललाई महाधिवेशनमा निमन्त्रणा गरेन । पार्टी विभाजन गरेर अर्को पार्टी खोलेको भन्दै महाधिवेशनमा निम्ता दिएन ।

    वामदेवलाई पनि एमालेले निम्तो नदिएको बुझिएको छ । केही समयअघि एमाले छाडेको घोषणा गरेकाले उनलाई एमालेले चितवन नडाकेको बताइन्छ । वामदेव अहिले आफ्नी कान्छी छोरीको विवाहको तयारी व्यस्त छन् ।

    माधव नेपाल भने यतिबेला काठमाडौं बाहिर छन् । एमालेको महाधिवेशन सुरु हुँदै गर्दा उनले जिल्ला जिल्लामा गएर भेला र आमसभा गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीको संगठन विस्तारको कामलाई नेपालले तीव्रता दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७११:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend