काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भएका छन्। काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन्।
उनले आफू महाधिवेशन प्रतिनिधि जितेको सामाजिक संजाल फेसबुकमार्फत् जानकारी गरेका छन्।
उनले पार्टी संगठन विस्तारमा भरपुर लाग्ने पनि जानकारी दिएका हुन्। उनि कांग्रेसका उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन्।
गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य रहेका थिए। गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए। लामा पहिले 'काभ्रेली समूह' बाट गुन्डागर्दीमा सक्रिय थिए।
लामालाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाइएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।