काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
त्यसका लागि उनले गृहकार्य धेरै अघि बढाइसकेका छन् । देशभरका नेता कार्यकर्ता भेट्नेदेखि पार्टीका प्रभावशाली नेताहरूलाई कन्भिन्स गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा नेता सिंहको बलियो पकड छ । युवा नेता गगन थापासँग टिमअप गरेकाले पनि सिंह बलियो बनेका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा निर्वाचित हुँदै आएका सिंहले श्रीमती सिर्जना सिंह र छोरा प्रभासमान सिंहलाई पनि राजनीतिमा स्थापित गर्न लागिपरेका छन् ।
सिर्जना र प्रभासमान दुवै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आफू काठमाडौं १ बाट प्रतिनिधिसभामा चुनाव उठ्दै आए पनि नेता सिंहको घर निर्वाचन क्षेत्र ७ मा पर्छ । काठमाडौं ७ मा नेपाली कांग्रेसले चुनावमा उठाउने भरपर्दो र बलियो नेता पाउन सकेको छैन ।
वडाध्यक्षसमेत रहेका मुकुन्द रिजालको प्रभाव अलि धेरै छ । काठमाडौं ७ बाट जहिल्यै पनि कांग्रेसले कमजोर उम्मेदवार उठाउँदै आएको छ ।
तर, अब भने सो निर्वाचन क्षेत्रमा नेता सिंहले आफ्नै श्रीमती सिर्जनालाई प्रतिनिधिसभामा उम्मेदवार उठाउने गरी अभियान अघि बढाएका छन् ।
सिर्जनालाई काठमाडौं निर्वाचन क्षेत्र ७ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नुलाई कांग्रेसमा अहिले त्यसरी नै चर्चा र विश्लेषण गर्न थालिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा कैलालीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी छन् । अब प्रकाशमान सिंहले पनि श्रीमती सिर्जनालाई प्रतिनिधिसभामा उठाउने भित्री तयारी गरेको स्रोतले बतायो ।
कांग्रेसमा श्रीमतीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने नेताहरू नगन्य छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।