काठमाडौं – बैतडी जिल्लामा भएको जीप दुर्घटना परेर ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मालीलाई उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको जनाएको छ ।
आईतवार बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जीप दुर्घटनामा परेको थियो । जीपमा ७ जना यात्रु सवार रहेका थिए । ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।