बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सर्वाेच्चमा निरर्थक निहुँको अवसान : प्रन्या जबराकै नेतृत्वमा इजलासमा फर्किए सबै न्यायाधीश

सर्वाेच्चमा निरर्थक निहुँको अवसान : प्रन्या जबराकै नेतृत्वमा इजलासमा फर्किए सबै न्यायाधीश

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 2.9K
    SHARES

  • सर्वाेच्चमा निरर्थक निहुँको अवसान : प्रन्या जबराकै नेतृत्वमा इजलासमा फर्किए सबै न्यायाधीश

    काठमाडौं - सर्वाेच्च अदालतमा अस्वाभाविक रूपमा केही न्यायाधीशहरूले खोजेको निरर्थक निहुँको अवसान भएको छ ।

    न्यायालयको कार्यप्रणाली सुधारका लागि छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कात्तिक ८ गते फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरू बैठक बहिष्कार गर्दै आन्दोलनकारी बनेका थिए । प्रन्या जबराको राजीनामा माग्दै थालिएको त्यो निरर्थक निहुँ सहितको आन्दोलनको अवसान भएको छ ।

    न्यायालय सुधारका लागि थुप्रै छलफल, अध्ययन प्रतिवेदन र कार्ययोजना निर्माण हुने गरेको सन्दर्भमा गोला तान्ने प्रक्रियाबाट पेशी तोक्ने प्रणालीबारे छलफल गर्न प्रधानन्यायाधीश जबराले कात्तिक ८ गतेकै फुलकोर्ट बैठकमा छलफल र निर्णय गर्ने तयारी गरेका थिए । जसमा नेपाल बार एशोसिएशनले समेत चासो राखेको थियो । 

    बारकै सुझावअनुसार प्रन्या जबराले फुलकोर्ट बोलाएका थिए तर अप्रत्यासित रूपमा सर्वाेच्चका न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गरे । त्यतिबेला न्यायालय सुधारको एजेन्डा ओझेलमा पारियो र जबराको राजीनामाको विषयलाई उचालियो । अन्ततः राजीनामाको निरर्थक निहुँ अवसान भएर सर्वाेच्चका सबै न्यायाधीशहरू प्रन्या जबराकै नेतृत्वमा इजलासमा फर्किएका छन् ।

    कात्तिक ८ गतेकै फुलकोर्टमा सबै न्यायाधीश सहभागी भएका भए उतिबेलै न्यायालय सुधारका एजेन्डा लागू गराउन सकिने अवस्था थियो । तर राजीनामाको निहुँ घुसाएर केही हप्ता सर्वाेच्च अदालतको आस्थालाई धुमिल बनाउने काम गरियो । अन्ततः न्यायाधीशहरू प्रन्याको राजीनामा विनै इजलासमा फर्किनुपर्ने अवस्था आएको छ ।

    आज आईतबार प्रन्या जबराले आफू बाहेकका ११ वटा इजलास तोकेका छन् । प्रन्या जबराले दीपककुमार कार्कीको मात्र एकल इजलास तोकिएको छ भने अन्य न्यायाधीशको संयुक्त इजलास तोकेका छन् ।

    न्यायाधीश मीरा खड्का र प्रकाशकुमार ढुंगानाका २ वटा छुट्टाछुट्टै संयुक्त इजलास तोकिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ । 

    न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको समेत छुट्टाछुट्टै २ वटा संयुक्त इजलास तोकिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलास, प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलास, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ । 

    आज सबै प्रकृतिका मुद्दामा पेशी तोकिएको छ । बिहीवार बसेको फुटकोर्ट बैठकले गोला प्रणालीबाट पेशी तोक्ने प्रावधान राखेर नियमावली संशोधन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ५ २०७८११:५९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend