काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटनमा आउन लागेको भन्दै दिइएको बिदा खारेज गरिएको छ ।
प्रचण्डका नाममा दिइएको बिदा विवादमा परेपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बिदाको सूचना सच्याउँदै प्रचण्डको नाम हटाएको छ ।
यसअघिको सूचनामा आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटनका लागि अध्यक्ष प्रचण्ड आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको थियो ।
अध्यक्ष प्रचण्डको नाममा बिदा दिँदा आलोचना भएपछि नगर प्रमुख (मेयर) अशोककुमार मण्डलले सूचना सच्याउँदै शैक्षिक संस्था बिदा हुने अर्कै कारण देखाएका छन् ।
मेयर मण्डलले कात्तिक ३० गतेको मिति नै राखेर निकालेको नयाँ सूचनामा भूलबश सार्वजनिक बिदा लेखिन गएको दाबी गरेका छन् ।
सार्वजनिक बिदा खारेज गर्दै लिँदै मेयर मण्डलले सामा चकेवा पर्वको अवसरमा मंसिर १ र २ गते सबै शैक्षिक संस्थाहरू मात्र बन्द रहने जानकारी दिएका छन् ।
यस्तो छ नयाँ सूचना –

हेर्नुहोस् पुरानो सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।