काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा आज बुधबार सार्वजनिक बिदा दिइएको छ ।
महोत्तरी जिल्लामा स्वास्थ्य संस्था उद्घाटनमा प्रचण्ड आउने भएपछि रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिने अनौठो निर्णय गरेको छ ।
नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने जानकारी दिँदै आज बुधवार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम बुधबार दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको सूचनामा उल्लेख छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।