काठमाडौं – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द गराउँदै हिँडेका ८६ कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाल बन्दको प्रभाव यातायात र शिक्षा क्षेत्रमा देशभर परेको छ । अघिल्ला दिनको तुलनामा सार्वजनिक सवारीसाधन नचल्दा सर्वधारणलाई समस्या भएको छ ।
औद्योगिक क्षेत्र र व्यापार व्यवसायमा समेत बन्दको सामान्य प्रभाव परेको जनाइएको छ ।
नेपाल बन्दका क्रममा सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई देशभरबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।
विप्लव नेकपाले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल बन्द कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ । यातायातका सवारीसाधन सामान्य रुपमा सञ्चालन भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।