काठमाडौं – नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वेसर्वा जस्तै छन् । अझै केही वर्ष प्रचण्डले नै अध्यक्ष भएर पार्टी चलाउने चर्चा नेपाली राजनीतिमा चल्छ ।
तर माओवादी स्थायी कमिटी बैठकले प्रचण्डको इच्छाविरुद्ध एउटा निर्णय गरेको छ । जसमा नेता नारायणकाजी श्रेष्ठ हाबी भएका छन् ।
प्रचण्डले अमेरिकालाई चिढ्याउन नचाहेका कारण अमेरिकी सहयोगको एमसीसी परियोजना सम्बन्धी सम्झौता संशोधन गरेर पारित गर्न चाहन्छन् । त्यसैअनुसार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई सहमतिका लागि समय दिन पत्राचार नै गरेका थिए । प्रचण्ड एमसीसी संशोधन गरेर पारित गर्न चाहन्थे ।
माओवादी बैठकमा भने नेता नारायणकाजी श्रेष्ठ लगायत हाबी भएर एमसीसी पारित गर्न नहुने निर्णय भएको छ । माओवादीको निर्णयमा एमसीसी संशोधन र पारित गर्ने कुरा उल्लेख नभएको स्रोतले जनाएको छ ।
बैठकपछि माओवादीले गरेको परिपत्रमा उल्लेख छ, ‘एमसीसीका सम्बन्धमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय भएको छ ।’
माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर प्रदेशबाट ८०० सहभागी हुने निर्णय गरेको छ । यसअघि सम्मेलनका लागि प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुने निर्णय गरिएको थियो ।
माओवादीले आगामी पुस ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।