आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ ७ लाखको लक्ष्य !

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ ७ लाखको लक्ष्य !

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २६ २०७८

  • 2.8K
    SHARES

  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ ७ लाखको लक्ष्य !

    काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज शुक्रबार बस्दैछ । 

    पार्टीका अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रूपमा हुनेछ ।

    शुक्रबार साँझ ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

    राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा पनि छलफल हुने भएको छ ।

    बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा पनि छलफल हुने पोखरेलले बताएका छन् । पार्टीको सदस्यता नवीकरणको म्याद शुक्रबार सकिएको छ ।

    संगठित सदस्य ७ लाखभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको पार्टीमा नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागिएको छ । माओवादी केन्द्रले पुस ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने गरी तोकेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend