आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डका हर्कतविरुद्ध माओवादीभित्रै घेराबन्दी, यी ३ प्रभावशाली नेताहरू खुलेरै विरोधमा

प्रचण्डका हर्कतविरुद्ध माओवादीभित्रै घेराबन्दी, यी ३ प्रभावशाली नेताहरू खुलेरै विरोधमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 3.0K
    SHARES

  • प्रचण्डका हर्कतविरुद्ध माओवादीभित्रै घेराबन्दी, यी ३ प्रभावशाली नेताहरू खुलेरै विरोधमा

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन नगर्ने निर्णय गरेको छ भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे लेखेको पत्रको विरोध गरिएको छ ।

    मंगलवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले जस्ताको त्यस्तै नभई संशोधनपछि मात्रै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नुपर्ने ठहर गरेको छ ।

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि भने, ‘सबै दलको सहमतिबाट मात्रै एमसीसी अघि बढ्छ । जस्ताको त्यस्तै पारित हुँदैन ।’

    एमसीसीकै कारण अध्यक्ष प्रचण्ड पार्टीभित्र घेराबन्दीमा परेका छन् । माओवादी बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको भनिएको पत्रबारे प्रश्न गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले हालै एमसीसी अनुमोदन गर्न आफू र प्रचण्डले पत्राचार गरेको खुलासा गरेपछि प्रचण्ड माओवादीभित्रै घेराबन्दीमा परेका छन् ।

    माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल लगायतले एमसीसीलाई पत्र पठाउनु गम्भीर त्रुटि भएको आरोप लगाएका छन् । नेताहरूले खुलेरै विरोध गरेपछि प्रचण्डले त्यसबारे स्पष्ट पारेका छन् ।

    बाहिर चर्चा भएजस्तो एमसीसी अनुमोदन गर्ने भनी पत्राचार नगरेको दाबी प्रचण्डले गरेका छन् । एमसीसी विवाद लामो समयदेखि राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ तर टुंगोमा पुग्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend