काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर नपरेको जनाइएको छ । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ भने राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
बुधवार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ भने राति पनि पहाडी भूभागमा आंशिक बदली भएपछि अन्य देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमार्फत जनाएको छ ।
बिहीवार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ । बिहीवार राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।