काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी पार्टी सिद्धिने डर देखिएको छ ।
बिहीबार ललितपुरको महालक्ष्मीस्थानमा नेपाल संवत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीको उद्देश्य माओवादीलाई सिध्याउने रहेको खुलासा गरे ।
माओवादीलाई कमजोर नपारेसम्म सामन्ती, दलाल र पुँजीपतिहरुको स्वार्थ पूरा नहुने प्रचण्डले बताए । उनले भने, ‘प्रतिक्रियावादीहरु बडो सचेत छन् । उनीहरुले ताकेर माओवादीलाई हिट गर्ने, उनीहरुको उद्देश्य माओवादी नसिध्याएसम्म, माओवादीलाई कमजोर नपारेसम्म उनीहरुको हिजोको सामन्ती भनौं या हिजोको दलाल, पुँजीपतिहरुको स्वार्थ पूरा हुँदैन । त्यसकारण माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन् । हामी के भन्छौं – माओवादी विना जनताले सुख पाउँदैनन् । ती प्रतिक्रियावादी जाली फटाहाहरुले दुःख पाउँछन्, माओवादी बलियो भयो भने । त्यो साँचो कुरा हो । हामी तिनलाई दुःख परोस् भन्ने चाहन्छौं जनतालाई सुख होस् भन्ने चाहन्छौं ।’
केही विद्वानहरुले पनि प्रचण्डलाई सिध्याउन खोजेको प्रचण्डले बताएका छन् । उनले भने, ‘कतिपय ठूलो विद्वान, ब्युरोक्रेट, विज्ञ भन्नेहरुले बडो तल उत्रिएर माओवादी यो परिवर्तनको मुख्यबाहक पार्टीलाई तल्लो स्तरमा उत्रिएर टिप्पणी गर्दै यो सिद्धिन पर्यो रे देश बन्नलाई । अर्को एउटा प्रतिगामी प्रतिक्रान्तिकारी भनिएको छ । उसको टार्गेट चाहिँ फेरि माओवादी केन्द्रमा पनि प्रचण्डलाई सिध्याउने अभियानमा छन् । उनीहरुको उद्देश्य अरू छैन । उनीहरुको उद्देश्य अन्तर्राष्ट्रिय, देशभित्रका प्रतिक्रियावादी मिलेर सबैले प्रचण्डलाई हराउनेमा रहेका छन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।