सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अग्नि सापकोटाविरुद्ध सिन्धुपाल्चोकमा विद्रोह, मोहन बस्नेतको गुनले १०० बढी युवा कांग्रेसमा प्रवेश

अग्नि सापकोटाविरुद्ध सिन्धुपाल्चोकमा विद्रोह, मोहन बस्नेतको गुनले १०० बढी युवा कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १६ २०७८

  • 7.5K
    SHARES

  • अग्नि सापकोटाविरुद्ध सिन्धुपाल्चोकमा विद्रोह, मोहन बस्नेतको गुनले १०० बढी युवा कांग्रेसमा प्रवेश

    काठमाडौं – सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेकपा माओवादी केन्द्रभित्र विद्रोह भएको छ ।

    स्थानीय सांसद समेत रहेका सापकोटाविरुद्ध असन्तुष्ट नेता कार्यकर्ता माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्, जसलाई संरक्षण दिएका छन् नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मोहनबहादुर बस्नेतले ।

    पार्टी खेलकुद विभागले मंगलवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा भोटेकोशी गाउँपालिका–२ का १०० भन्दा बढी युवा माओवादी केन्द्र परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका स्थानीय नेता अर्जुन घतानीको नेतृत्वमा युवाहरू कांग्रेस प्रवेश गरेका छन् ।

    तातोपानी नाका छेउका स्थानीय वासिन्दाको मागअनुसार नाका सहज रूपमा खुलाउन पहल गर्नुको सट्टा स्थानीय सांसद रहेका प्रतिनिधि सभाका सभामुख सापकोटाले हालै मात्र गरेको भाषणले नै गैरजिम्मेवारीपन प्रमाणित भएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।

    कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले सस्तो नारा र प्रचारबाजीलाई जनताले विश्वास गरेर कम्युनिस्टलाई झण्डै दुईतिहाइ मत दिएर विजयी गराए पनि केही गरेर देखाउन नसकेको आरोप लगाए । नेता बस्नेतले भने, ‘अब कसैले पनि कम्युनिस्टको कुरा पत्याउनु हुँदैन, कम्युनिस्टहरूले देश विकास गर्न सक्दैनन् ।’

    जनताले दिएको मतमाथि कम्युनिस्टहरूले गद्दारी गरेको आरोप नेता बस्नेतले लगाएका छन् । नेपाली कांग्रेसले मात्रै सबैको विकास गर्न सक्ने बस्नेतको दाबी रहेको छ । ‘नेपाली युवाहरूलाई आकर्षित गर्न एमाले र माओवादीले दिएको सस्तो नारामा अब कसैले पनि विश्वास गर्नु हुँदैन,’ उनले भने ।

    पार्टी प्रवेश कार्यक्रममा कांगेस नेता हरिशरण श्रेष्ठ, युवा नेता युधीर पौडेल, भोटेकोशी–२ का नेता कुमार श्रेष्ठ, बच्चु घतानी लगायतको उपस्थिति थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend