काठमाडौं – आगामी २४ घण्टामा देशका पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आईतबार बिहान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
वर्षा र हिमपात हुनसक्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
आईतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । १ नम्बर प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान –
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक १४ गते (आईतबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक १५ गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक १६ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।