काठमाडौं – लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका पूर्व माओवादी पृष्ठभूमिका एमाले केन्द्रीय कमिटी सदस्य प्रभू साह अन्ततः एमालेमै फर्किएका छन् ।
नेता साह शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
नेता साहले यसअघि आफ्नो माग पूरा नभएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका हुन् । नेकपा विभाजन हुँदा एमालेमा नै रहेका साहले पार्टीमा नेकपाकै निरन्तरता हुनुपर्ने बताउँदै आएका थिए ।
नेता साह एमालेबाट बाहिरिने चर्चा चलेपनि उनी अन्ततः एमालेमै रहेका छन् । हालै अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेर साह एमालेमै रहने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।