आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डलाई दुर्गा प्रसाईंको प्रश्न : यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ?

प्रचण्डलाई दुर्गा प्रसाईंको प्रश्न : यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 3.4K
    SHARES

  • प्रचण्डलाई दुर्गा प्रसाईंको प्रश्न : यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ?

    काठमाडौं – लामो समयसम्म नेकपा माओवादी केन्द्रनिकट व्यवसायीका रूपमा परिचित झापाका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेमा प्रवेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर प्रश्न गरेका छन् ।

    आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा झापामा भएको कार्यक्रममा व्यवसायी प्रसाईं एमालेमा प्रवेश गरेका छन् ।

    कार्यक्रममा लिखित भाषण पढेर सुनाएका व्यवसायी प्रसाईं माओवादीविरुद्ध कडारूपमा बोलेका छन् । प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा समेत गरेका छन् ।

    व्यवसायी प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेको देखिन्थ्यो ।

    प्रसाईंले भने, ‘ओली हजुरबालाई मैले नजिकबाट बुझ्ने मौका पाएँ । उहाँमा मैले सिंगापुरका नेता लि क्वान यु र मलेसियाका महाथिरको अनुहार देखिरहेको छु । मैले कुनै चाकडी गरेर भनिरहेको छैन ।’

    व्यवसायी प्रसाईंले माओवादी अध्यक्ष प्रचण्डमाथि सिधा प्रहार गरेका छन् । उनले कार्यक्रममै भने, ‘के यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ? यही दिन देख्नका लागि जनताले गोली खाएका हुन् ? देशलाई आखिर केका लागि २०० वर्ष पछाडि धकेलियो ? अब पनि उनीहरुसँग जवाफ मागेनौ भने हामी उनीहरुका दास मात्र हुनेछौं ।’

    अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईहरूले जनयुद्धको बलिदानीलाई देउवाको पैतालामा चढाएको आरोप समेत प्रसाईंले लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend