काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
जंगलमा घाँस दाउरा संकलन गर्ने क्रममा आज शनिवार बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका–६ का १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरेन्द्रनगरस्थित आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार मुखमा छर्रा लागेका नरेशको आँखामा समेत चोट देखिएपछि आँखा अस्पतालमा भर्ना गरिएको छ ।
सेनाले केही समय पहिला कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले बम छुटेको हुनसक्ने स्थानीय वासिन्दाको आशंका रहेको छ । घटनाबारे थप अनुसन्धानका लागि सेनाको टोली पठाइएको घर्तीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।