काठमाडौं – आज शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ ।
विभिन्न भागमा बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार १ नम्बर प्रदेश र बागमती प्रदेशका १–२ स्थानमा हल्का वर्षा हुँदैछ ।
शुक्रबार दिउँसो १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने विभागको पूर्वानुमान छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।
१ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । १ नम्बर प्रदेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन समेत विभागले आग्रह गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।