आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली राजनीतिमा अब प्रचण्ड र माओवादी केन्द्र असान्दर्भिक भइसकेकै हुन् ?

नेपाली राजनीतिमा अब प्रचण्ड र माओवादी केन्द्र असान्दर्भिक भइसकेकै हुन् ?

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 3.6K
    SHARES

  • नेपाली राजनीतिमा अब प्रचण्ड र माओवादी केन्द्र असान्दर्भिक भइसकेकै हुन् ?

    काठमाडौं - केही दिनअघि पूर्वसचिव रामेश्वर खनालले अबको चुनावमा माओवादी केन्द्रलाई भोट दिने परिस्थिति नेपाली जनतालाई कहिल्यै नआओस् भनेर सामाजिक सञ्जालमा लेखे ।

    अर्थशास्त्रीसमेत रहेका खनालले सार्वजनिक रूपमै यस्तो पोस्ट गरेपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु हुन थाले । उनको स्टाटसलाई लिएर अरुले पनि कमेन्ट लेख्न थाले । जसले नेपाली राजनीतिमा एउटा बहस जबर्जस्त रूपमा अगाडि ल्याइदिएको छ ।

    पूर्वसचिव जस्तो व्यक्तिले त्यत्तिकै लहडमा माओवादीको सान्दर्भिकता सकिएको भनेर लेखेका होइनन् होला । किनभने पछिल्लो समयमा माओवादी केन्द्रको आफ्नै मौलिकता कुनै बचेको छैन । उसका नेता कार्यकर्तामा पहिले जस्तो कम्युनिस्ट पार्टीको कमिटमेन्ट छैन । सत्ता र शक्तिका लागि गर्न हुने नहुने सबै काम गर्दै आएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पटक पटक माओवादी पार्टी विघटन गरिदिए हुन्छ भनिसकेका छन् । 
    माओवादी केन्द्रले विगत चार वर्षमा कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ त कहिले कांग्रेससँग मिलेर। स्वतन्त्र रूपमा माओवादी केन्द्र भन्ने रहेन ।

    झन् एमालेसँग पार्टी एकता खारेज भएपछि माओवादी केन्द्र छिन्नभिन्न भइसकेको छ । प्रचण्ड विगत ३३ वर्षदेखि नेतृत्वमा रहँदै आएका छन् । जसले गर्दा पनि माओवादी केन्द्रमा कुनै नौलोपन बाँकी रहेको छैन ।

    प्रचण्डले अहिलेसम्म पार्टी चलाउन सक्ने आफ्नो उत्तराधिकारी तयार पार्न सकेका छैनन् । प्रचण्डपछि माओवादी केन्द्रमा को ? भन्ने कसैमा चासो छैन । त्यसैले आगामी निर्वाचनमा माओवादी केन्द्रले निकै क्षति बेहोर्ने आकलन गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend