आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी बैठकले गर्‍यो यी निर्णयहरू

माओवादी बैठकले गर्‍यो यी निर्णयहरू

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २ २०७८

  • 2.8K
    SHARES

  • माओवादी बैठकले गर्‍यो यी निर्णयहरू

    काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका हेरफेर गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।

    पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको उनले जानकारी दिए । टोल सम्मेलनहरु कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म र पालिका सम्मेलनहरु मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

    प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सकेर पुस दोस्रो हप्ता राष्ट्रिय सम्मेलन गरिने प्रवक्ता महराले जानकारी दिए ।

    मंगलवारको बैठकले संगठनसम्बन्धी महत्त्वपूर्ण निर्णय समेत गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ भने ज्येष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाइएको छ ।

    लेखा आयोगका संयोजकको जिम्मेवारी पेशल खतिवडालाई तोकिएको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरिएको छ । विशेष समिति १७५ सदस्यीय बनाइएको माओवादी केन्द्रले जनाएको छ ।

    बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरू भएको महराले बताए । माओवादी केन्द्रको अर्को बैठक कात्तिक ४ गते पुनः बस्ने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend