काठमाडौं – साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलो पटक फाइनल यात्रा गरेको नेपाल भारतसँग हारेको छ ।
माल्दिभ्समा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा भएन ।
जीतसँगै भारतले आठौंपटक साफ च्याम्पियनसिपको उपाधि जित्ने कीर्तिमान बनाएको छ ।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रामक सुरूआत गरेको भारतले नेपालविरुद्ध ३ गोल गरेको थियो ।
कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले १–१ गोल गर्दै भारतलाई जिताएका छन् ।
भारतले खेलको ४९औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो भने खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० गोलले जिताएका हुन् ।
भारतसँगको हारसँगै नेपाल पहिलोपटक साफमा उपविजेता बन्न सफल भएको छ । ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । नेपालले राउन्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।