काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फूटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्ने भएको छ ।
साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली चिरप्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको छ तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टीम रहेको छ ।
खेल नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरू हुने भएको छ ।
खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे जानकारी दिएका थिए ।
प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताएका छन् ।
कप्तान किरणले माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने आशा देखाएका छन् ।
‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले २ वर्ष टिसी स्पोट्र्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुशी लागेको छ र आशा छ नेपालकै समर्थनमा आउनुहुनेछ । हामी इतिहास रच्न खेल्नेछौं,’ श्रेष्ठले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।