काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको विशेष जिम्मेवारी दिएको छ ।
पार्टीभित्र नेतृत्वको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका नेता श्रेष्ठलाई प्रचण्डले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएका छन् ।
यसअघि नेता श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइए पनि अन्तर्राष्ट्रिय विभाग नदिइँदा असन्तुष्टि देखिएको थियो ।
अन्तर्राष्ट्रिय विभागको उपप्रमुखमा सुरेन्द्र कार्कीले जिम्मेवारी पाएका छन् । प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त छन् । समितिको अध्यक्षमा यसअघि नै ओम शर्मा चयन भएका थिए ।
माओवादीले अन्तर्राष्ट्रिय विभागका सदस्यको भने टुंगो लगाएको छैन । यसअघि पार्टी एकीकरण भएर नेकपा बन्नुअघि समेत माओवादीमा श्रेष्ठ नै अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।