काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीबीच मन्त्रालयको बाँडफाँट गरेको छ ।
माओवादीले स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाउने भएको छ ।
माओवादीको निर्णय अनुसार शुक्रबार पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री तथा बोधमाया यादव राज्यमन्त्री बन्ने भएका छन् ।
माओवादी स्थायी कमिटी बैठकले गत बुधवार नै मन्त्रीको नाम टुंग्याएको थियो । बिहीबार साँझ गठबन्धनभित्र मन्त्रालयको भागबण्डा टुंगिएपछि शपथ ग्रहणको तयारी भइरहेको छ ।
पौडेल शिक्षा, श्रेष्ठले भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारण र गहतराज युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र १ राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीमा शपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।