सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्नेतको पहलमा भयो ३० करोडको काम, बस गुडेपछि स्याबासी !

कांग्रेस नेता बस्नेतको पहलमा भयो ३० करोडको काम, बस गुडेपछि स्याबासी !

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 7.0K
    SHARES

  • कांग्रेस नेता बस्नेतको पहलमा भयो ३० करोडको काम, बस गुडेपछि स्याबासी !

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतको पहलमा बजेट विनियोजन भएको ३० करोड ७४ लाख रुपैयाँ रकमबाट सिन्धुपाल्चोकको टिम्मुरे–रतनकोट–जुगे सडकको १२ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ ।

    सडक निर्माण सम्पन्न भएपछि बिहीबारदेखि बस सञ्चालनमा आएको छ ।

    बिहीबार सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाअन्तर्गत टिम्मुरे–रतनकोट–जुगे सडकमा बस सञ्चालन उद्घाटन तथा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रम सानोपाखरमा भएको छ ।

    नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधि लगायत लाभग्राहीको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । सडक निर्माणपश्चात् हजारौं–हजार सर्वसाधारणहरू लाभान्वित हुने भएपछि नेता बस्नेतलाई स्वाबासी दिएका छन् ।

    सडकमा बिहीबारबाट अरनिको यातायात समितिको बस सञ्चालनमा आएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सूचना तथा सञ्चारमन्त्री, खेलकुद विभाग प्रमुख, केन्द्रीय बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति संयोजक मोहनबहादुर बस्नेतले सडक निर्माणका लागि आफू सांसद हुँदा ३० करोड ७४ लाख बजेट विनियोजन गराएको जानकारी गराएका छन् ।

    undefined

    पूर्व मन्त्री बस्नेतले सडक निर्माण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी बस सञ्चालनमा ल्याएकोमा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    सडक सञ्जाल निर्माण गरी बस सञ्चालनबाट हजारौं हजार सर्वसाधारणलाई सुविधा पुग्ने भएकाले पूर्व मन्त्री बस्नेतले खुसी व्यक्त गरेका छन् ।

    undefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend