काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता कार्यकर्ताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध हिंसात्मक विद्रोह उद्घोष गरेका छन् ।
क्रान्तिकारीको राष्ट्रिय सम्मेलन र बैठकमा नेता कार्यकर्ताबीच कुटपिट, झडप र तोडफोड भएपछि विवादले हिंसात्मक रूप लिएको हो ।
क्रान्तिकारीको अध्यक्षमा प्रचण्डले पञ्चा सिंहलाई जिम्मेवारी दिने निर्णय लिएपछि संगठनमा असन्तुष्टि छ । प्रचण्डको निर्णयविरुद्ध युवा विद्यार्थी आक्रोशित हुँदै विद्रोहमा उत्रिएका छन् ।
प्रचण्डले पदाधिकारी र सदस्यको टुंगो नलगाई अध्यक्ष मात्रै तोकेर सम्मेलनलाई अलपत्र पारेको आरोप समेत लगाइएको छ ।
सम्मेलनका प्रतिनिधिले सबै पदाधिकारीको टुंगो लगाइनुपर्ने वा चुनावबाट नेतृत्व चयन गर्नुपर्ने माग राखेका छन् ।
संगठनको नेतृत्वबारे औपचारिक घोषणा गर्ने बेलामा असन्तुष्ट पक्षका विद्यार्थीले चर्काे नाराबाजी गरेका छन् । नाराबाजीकै बिचबाट नेतृत्व घोषणा गर्न थालिएपछि तोडफोड र कुर्सी हानाहान भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।