आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बागमती प्रदेश एमालेमा बादलभन्दा माथि अष्टलक्ष्मी शाक्य !

बागमती प्रदेश एमालेमा बादलभन्दा माथि अष्टलक्ष्मी शाक्य !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १४ २०७८

  • 5.2K
    SHARES

  • बागमती प्रदेश एमालेमा बादलभन्दा माथि अष्टलक्ष्मी शाक्य !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको छ ।

    भोलि शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । 

    एमाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीमा रामबहादुर थापा ‘बादल’लाई रहेको छ । बादल एमाले प्रवेश गर्नुअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन् ।

    २०७५ जेठ २ गतेअघि संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई प्रदेश कमिटीको वरियतामा बादलभन्दा माथि राखेर सूची सार्वजनिक गरिएको छ ।

    बागमती प्रदेशको अध्यक्षमा आनन्दप्रसाद पोखरेल रहेका छन् र सचिवमा खेमप्रसाद लोहनी छन् । ४७६ सदस्यीय बागमती प्रदेश कमिटीलाई बिहीवार पूर्णता दिइएको छ । 

    प्रदेश कमिटीमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेललाई सहइन्चार्ज बनाइएको छ भने अरुण नेपाल र रचना खड्कालाई पदाधिकारीकै हैसियतमा प्रदेश अध्यक्षभन्दा माथि राखिएको सूचीमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:५५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend