आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 3.6K
    SHARES

  • माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

    काठमाडौं - सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ ।

    बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । यसअघि बैठक बिहान ९ बजे बस्ने भनिए पनि तीन घण्टा पर सारिको हो ।

    स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको नेताहरूले बताएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    यसअघि तत्कालीन एमाले र जनता समाजवादी पार्टीलाई विभाजनमा सघाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् ।

    यो अध्यादेश निस्क्रिय भएसँगै अब मन्त्रिपरिषद् विस्तार हुने ठानिए पनि सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षी  धेरै हुँदा लम्बिदै गएको छ ।

    माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन् । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend