काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) पार्टीले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।
सरकारले दल विभाजन सजिलो हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको छ ।
एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् भने रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमगर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । किसान श्रेष्ठ र भवानी खापुङमध्ये १ जना मन्त्री बन्ने भएका छन् ।
एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको बताए । पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी गरेको छ ।
यसैबीच, नेकपा माओवादी केन्द्र मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको छ ।
५ दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसेका छन् । बाँकी ३ मन्त्री र १ राज्यमन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।
मंगलवार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो । मन्त्रीको नामावली तथा अगामी महाधिवेशन लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बुधवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।