काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस विपद् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको मेलम्चीका १४० बाढीपीडित घर परिवारलाई राहत वितरण गरेका छन् ।
आज मंगलवार बस्नेतले मेलम्ची पुगेर बाढी पीडित मेलम्चीबासीलाई दशैंको लागि मासु, तेल, दाल, मसला लगायतका अतिआवश्यक सामग्री वितरण गरेका छन् ।
गत असारमा आएको बाढीले मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो । कार्यक्रममा नेता बस्नेतले विपद्मा परेका स्थानीयलाई राहतका साथै बाढीले क्षति भएका पूर्वाधार निर्माणका लागि पनि पहल भइरहेको बताए ।
उने कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले जनताका लागि काम गर्ने भन्दै कम्युनिस्टहरूले केही गर्न नसकेको आरोप लगाएका छन् । उनले १ करोड २० लाख रुपैयाँको लागतमा हेलम्बुको पाल्चोकमा ३० घर बनाउने घोषणा गरे ।
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बिष्णुविक्रम थापा, प्राध्यापक प्रेमध्वज लामा, मेलम्ची प्रदेश (२) का सभापति रामबाबु लुइँटेल, मेलम्ची–३ का वडाध्यक्ष बसन्त गुरुङ लगायतले समस्यामा परेका स्थानीयको साथमा रहेको र सदैव समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।