आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी पार्टी विघटन हुनुको कारणबारे अर्थमन्त्री जनार्दन शर्माको यस्तो खुलासा

माओवादी पार्टी विघटन हुनुको कारणबारे अर्थमन्त्री जनार्दन शर्माको यस्तो खुलासा

  • मिडिया डबली
  • शनिवार, आश्विन ९ २०७८

  • 4.1K
    SHARES

  • माओवादी पार्टी विघटन हुनुको कारणबारे अर्थमन्त्री जनार्दन शर्माको यस्तो खुलासा

    काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता जनार्दन शर्माले माओवादी पार्टी विघटन हुनुको कारणबारे खुलासा गरेका छन् ।

    आज शनिवार चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन सुरु भएको दाबी गरे ।

    मन्त्री शर्माले विचारको केन्द्रीकरणको महत्त्व अहिले आएर बुझेको बताएका छन् ।

    मन्त्री शर्माले भने, ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन सुरू भयो, गुटबन्दी सुरू भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्त्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामबाट स्थापित प्रचण्डपथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माले बताए ।

    ‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं । प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथभन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन, नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो,’ मन्त्री शर्माले भने, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामन्तवादविरुद्ध प्रस्टरूपमा प्रहार गरेका थियौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend