आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र बादलबीच सिधै चुनावी मैदानमा भिडन्त ! चितवनबाट यस्तो घोषणा

प्रचण्ड र बादलबीच सिधै चुनावी मैदानमा भिडन्त ! चितवनबाट यस्तो घोषणा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 4.2K
    SHARES

  • प्रचण्ड र बादलबीच सिधै चुनावी मैदानमा भिडन्त ! चितवनबाट यस्तो घोषणा

    काठमाडौं – कुनै बेला सँगसँगै देशमा सशस्त्र द्वन्द्व मच्चाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’बीच चितवनमा चुनावी भिडन्त हुने भएको छ ।

    आज शुक्रवार चितवनमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका नेता बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावमा भिड्न तयार रहेको घोषणा गरे । 

    दुबै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा २ नेताबीच भिडन्त हुनसक्ने जिज्ञासामा बादलले भिड्न तयार रहेको जवाफ दिएका छन् ।

    पूर्व गृहमन्त्री समेत रहेका बादलले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुनसक्छ ।’

    बादलले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलायन भएको आरोप लगाएका छन् । नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेको पनि बादलको आरोप रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend